तपाईँ सुन्दै हुनुहुन्छः

बिपी प्रतिष्ठानमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान ८ की ५२ वर्षीया महिलाको उपचारका क्रममा सोमबार राति १० बजे मृत्यु भएको हो । कोभिड १९ विरुद्धको खोप लगाएकी महिलामा मृगौलासम्बन्धी समस्या रहेको उहाँले जानकारी दिनुभयो ।

महिलाको मृत्युसँगै प्रतिष्ठानमा हालसम्म सङ्क्रमितको उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या ४ सय ३५ जना पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button