माघ मसान्तसम्म भिडभाड हुने कार्यक्रम नगर्न जिप्रका मकवानपुरको आदेश (आदेशसहित)

मकवानपुर । जिल्ला प्रशासन कार्यालय (जिप्रका) मकवानपुरले माघ मसान्तसम्म भिडभाड हुने कुनैपनि कार्यक्रम नगर्न आदेश जारी गरेको छ । कोभिड–१९ को जोखिम कायमै रहेको भन्दै प्रशासनले माघ मसान्तसम्म भिडभाड हुने कार्यक्रम नगर्न आइतबार थप आदेश जारी गरेको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आइतबार सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम यस्तो आदेश जारी गर्नुभएको हो ।

प्रजिअ पाण्डेद्वारा जारी आदेशमा सिनेमा हल, डान्स बार, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, पिकनिक स्थल, खेल मैदान, फुटसल, पटके हाटबजार, विद्यालय, ट्युसन सेन्टर र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ माघ मसान्तसम्म बन्द गर्न भनिएको छ ।
थप ५३ जनामा संक्रमण पुष्टि, १९६ जना निको
मकवानपुरमा आज थप ५३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा ११४ जनाको परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार पिसिआर विधिबाट ६१ जनाको परीक्षण गर्दा २६ जनामा र एन्टिजेन विधिबाट ५३ जनाको परीक्षण गर्दा २७ जनामा गरी कुल ५३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप १९६ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लामा हाल ६ सय ९३ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्