भरतपुरमा भाले चित्तल मृत फेला

चितवन । गएराती भरतपुरमा वयस्क भाले चित्तल मृत फेला परेको छ । जिल्ला वन कार्यालय, चितवनका अनुसार गएराती ८ बजे भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत आंँपटारीमा चोट लागेको अवस्थामा चित्तल मृत फेला परेको हो ।
कार्यालयका प्रमुख रामशरण नेपालले गएराती वयस्क भाले चित्तल आँपटारीको सडकमा मृत फेला परेको र के कारणले मृत्यु भएको हालसम्म खुल्न नसकेको बताउनु भयो ।
बेलुका ८ बजेतिर सडकमा चित्तल मरेको भन्ने खबर आयो उहाँले भन्नुभयो, हाम्रा कर्मचारीले गएर हेर्दा चितलको पछाडिपट्टि गम्भीर चोट लागेकोले गाडीले ठक्कर दिएको भन्ने अनुमान छ । के कारणले मर्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको नेपालले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्