भद्रपुर नाकामा आवतजावत गर्नेको सङ्ख्यामा कमी

भद्रपुर, झापा । पछिल्लो समय ओमिक्रोनको संक्रमण बढेसँगै भद्रपुर–गलगलिया नाका आवतजावत गर्नेहरूको सङ्ख्यामा कमी आएको छ ।
यही माघ ७ गतेबाट जिल्ला प्रशासन कार्यालय झापाले मापदण्ड जारी गरी स्वास्थ्य सावधानी अपनाएर अत्यावश्यक कामका लागि मात्र सीमा नाकाबाट आवतजावत गर्न पाउने निर्णय गरेपछि नाकामा मानिसको आवत–जावतमा कमी आएको हो ।
दैनिक पाँच सयभन्दा बढी मानिस ओहोरदोहोर गर्ने भद्रपुर नाकामा केही दिनयता बढीमा दुई सय मानिसको आवत–जावत भइरहेको वडा प्रहर कार्यालय भद्रपुरले जनाएको छ ।
सीमामा तैनाथ सशस्त्र र जनपथ प्रहरीले दुवै डोज लगाएको खोप कार्ड, कार्ड नभएमा ७२ घण्टे नेगेटिभ रिपोर्टका आधारमा नगरपालिकाबाट खटाइएका स्वास्थ्यकर्मीले ज्वरो जाँच गरेर मात्र आवतजावत गर्न दिने गरेकोले अनावश्यक मानिसको आवतजावत स्वतःस्फूर्त रोकिएको प्रहरी निरीक्षक दलकुमार राईले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्