झापामा सक्रिय संक्रमित दुई हजार नजिक
भद्रपुर, झापा।ओपमिक्रोन भेरियनटको कोरोना तीव्र रुपमा फैलिएसँगै झापामा सङ्क्रमितको सङ्ख्या २ हजार नजिक पुगेको छ ।
शुक्रवारसम्मको तथ्याङ्क अनुसार झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या १९३२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । तीमध्ये २५ जना अस्पताल भर्ना भएका छन् ।
कार्यालयका अनुसार शुक्रवार झापामा ७२ जना नयाँ संक्रमित थपिएका थिए । थपिनेमा ३५ महिला र ३७ पुरुष छन् ।
यसैगरी कोरोना सङ्क्रमणका कारण मृत्यु हुने सङ्ख्या पनि बढ्दै गएको फोकल पर्सन जीवन चौलागाईंले बताउनुभयो । तेस्रो लहर सुरु भएपछि जिल्लामा सातजनाले ज्यान गुमाइसकेको उहाँले बताउनुभयो ।
शुक्रवार एक जनाको मृत्यु भएको छ भने बिहीबार पनि एक जनाको मृत्यु भएको थियो ।
शुक्रवार कचनकवल गाउँपालिका वडा नं ६ की ६२ वर्षीया महिलाको मृत्यु भएको हो । योसहित झापामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६६३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्