आज देशभर १२ हजार ८ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । आज देशभर १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
१८ हजार एक सय ३ नमुना पिसिआर परीक्षण गर्दा ९ हजार ४ सय ३२ र ७ हजार ८ सय ६ नमुना एन्टीजेन परीक्षण गर्दा २ हजार ५ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज कुल संक्रमित मध्ये आधा भन्दा बढी संक्रमित काठमाडौँ उपत्यकामा थपिएका छन् । काठमाडौँमा ४ हजार ८ सय ७५, ललितपुरमा ७ सय ८२ र भक्तपुरमा ५ सय १५ गरी काठमाडौँ उपत्यकामा मात्रै ६ हजार १ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै आज ३ हजार ४० जना संक्रमित निको भएका छन् भने संक्रमित ८ जनाको मृत्यु भएको छ ।
हाल देशभर ८८ हजार ९ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्