इन्जिनियर कुँवरलाई मानार्थ उपाधि

काठमाडौँ । फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेशनल युनिभर्सिटीले नेपालका एक उद्यमी इन्जिनियर दीपक कुँवरलाई मानार्थ डाक्टर उपाधि प्रदान गरेको छ ।
सो युनिभर्सिटीका ग्लोबल प्रमोटर डा अजय देसाईले मङ्गलवार विज्ञप्तिमार्फत एक कुशल व्यवस्थापकसमेत रहेका कुँवरलाई नेपालका विविध व्यवसायको व्यवस्थापनमा कुशल नेतृत्व प्रदान गरेकाले सो उपाधि प्रदान गरिएको जानकारी दिनुभएको हो । सो विज्ञप्तिमा थाइल्याण्डको राजधानी बैँककमा आगामी फेब्रुअरीमा एक कार्यक्रम गरी सो उपाधि प्रदान गरिने जनाइएको छ ।
नेपाल घरजग्गा व्यवसायी महासङ्घको द्वितीय उपाध्यक्ष इन्जिनियर कुँवर गुणस्तरीय हाउजिङ तथा अपार्टमेन्ट निर्माणमा पनि संलग्न हुनुहुन्छ । उहाँ हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष हुनुहुन्छ । उहाँ अध्यक्ष रहेको ल्होत्से बहुउद्देश्यीय प्रालिले गोङ्गबुस्थित नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्क बनाउने अभियान पनि सञ्चालन गरिरहेको छ । रासस







प्रतिक्रिया राख्नुहोस्