अस्पतालको चमेना गृहबाट लागु औषधसहित एक जना पक्राउ
कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको अस्पतालको चमेना गृहबाट प्रहरीले एक व्यक्तिलाई लागु औषधसहित पक्राउ गरेको छ।
चमेना गृहमा शङ्कास्पद व्यक्ति आएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले चेकजाँच गर्दा तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका ७ घर भई हाल पोखरा १५ रामबजार पेन्सन क्याम्प बस्दै आएका ३३ वर्षीय मनोज गुरुङको साथबाट अवैध लागु औषध फेला पारिएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीले गुरुङको साथबाट फेनारगन ४९ एम्पुल, डाईजेपाम ४८ एम्पुल र नुर्फिन ४८ एम्पुल गरी जम्मा १४५ एम्पुल लागु औषध बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्