तपाईँ सुन्दै हुनुहुन्छः

बाँके प्रशासनद्वारा सबै सेवा स्थगित

नेपालगन्ज । कोभिड संक्रमण तीव्र गतिमा बढेपछि बाँके प्रशासनले सबै सेवा स्थगित गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज सूचना निकालेर भोलिदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक (शान्ति सुरक्षा र मुद्दा) बाहेक सबै सेवा हाललाई स्थगन गरेको जनाएको छ ।

कार्यालयमा कार्यरत कर्मचारीहरूमा नियमित कार्य सम्पादनको क्रममा केही कर्मचारीहरूमा कोरोना संक्रमण भएको र केहीलाई मिल्दोजुल्दो लक्षण देखा परी आइसोलेसनमा बसेको तथा सेवाग्राहीको अत्यधिक भिडभाडका कारण कार्यालयबाटै कोरोना फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै कार्यालयबाट सम्पादन हुने अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीद्वारा जारी सूचनामा उल्लेख छ ।

साथै अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पालना गर्दै कोभिड विरुद्ध खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) लिएर आउन आग्रह पनि गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button