मालपोत कार्यालय काभ्रेले पाँच दिनका लागि बन्द गर्यो नियमित सेवाहरू
काभ्रेपलाञ्चोक । कोरोना संक्रमण दर बढ्दै गएपछि मालपोत कार्यालय काभ्रेले सोमबारदेखि पाँच दिनका लागी सेवा प्रवाह बन्द गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले माघ १४ गतेसम्मका लागि सेवा प्रवाह बन्द गरेको जनाएको हो ।
मालपोत कार्यालयले आफ्ना कार्यालयका कर्मचारीलाई समेत कोरोना संक्रमण पुष्टि भएको र धेरै कर्मचारीलाई कोरोनासँग मिल्ने विभिन्न लक्षणहरू देखा परेको भन्दै सेवा प्रवाह बन्द गर्नु परेको जनाएको छ ।
मालपोत कार्यालयले अत्यावश्यक सेवा र आन्तरिक प्रशासनिक कार्यहरू बाहेकका यस कार्यालयबाट प्रदान गरिने अन्य नियमित सेवाहरू स्थगित गरिएको सूचनामा उल्लेख गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्