तपाईँ सुन्दै हुनुहुन्छः

गोदावरी नगरपालिकाबाट प्रदान गरिने सेवा १५ गतेसम्म बन्द

कैलाली । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कैलालीको गोदावरी नगरपालिकाले कार्यालय बन्द गरेको छ ।

नगरपालिकाले आज सूचना जारी गर्दै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाबाट प्रदान गरिने सेवा बन्द गरेको जनाएको छ ।

सरसफाइ, स्वास्थ्य र दमकल लगायतका अत्यावश्यक सेवा बाहेक अरू सबै सेवा माघ ९ गतेदेखि १५ गतेसम्म बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button