तपाईँ सुन्दै हुनुहुन्छः

निर्माणाधीन नालीमा परेर पोथी गैँडाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित टिकौली जङ्गलको नजिक बाटो पार गर्ने क्रममा नालीमा खसेर एउटा गैँडाको मृत्यु भएको छ ।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रमा उत्तरबाट पश्चिम जाने क्रममा दौडिएर पार गर्न खोज्दा निर्माणाधीन नालीमा परेर गैँडाको मृत्यु भएको अनुमान निकुञ्जको छ ।

करिब आज अपराह्न ३ बजे विस्तारको क्रममा बनाउन लागिएको नालीमा खसेर घोप्टो पर्दा गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button