तपाईँ सुन्दै हुनुहुन्छः

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार सर्वदलीय बैठक बोलाउनुभएको छ । 

निर्वाचनको मिति तोक्ने विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले संसद्मा प्रतिनिधित्व गर्ने दलसँग बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउनुभएको हो ।  यसअघि शुक्रवार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो । 

प्रमुख प्रतिपक्षी एमाले सहभागी नहुने

यसैबीच प्रधानमन्त्री देउवाले बोलाउनुभएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने नजाने भएको छ ।

एमाले सरकारले स्थानीय निर्वाचन नगर्ने नियतका साथ सर्वदलीय बैठक बोलाइएका आरोप लगाएको छ । एमालेले समसामहिक विषयमा आफ्नो धारणा राख्न भोलि आइतबार पत्रकार सम्मेलन गर्दैछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button