तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँमा तीन व्यक्ति मृत फेला

काठमाडौँ । काठमाडौँका विभिन्न क्षेत्रमा शुक्रवार तीन व्यक्ति मृत फेला परेका छन् ।

यहाँस्थित बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिबासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका–१९ ढोकाटोलस्थित सडक पेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौँ–१९ मा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button