बाँकेमा एकैदिन थप १३० जनामा कोरोना पुष्टि

नेपालगन्ज। बाँकेमा एकैदिन थप १३० जनामा कोरोना पुष्टि भएको छ । यो जम्मा परीक्षणको करिब ६५ प्रतिशत हो ।
१६७ नमुनाको पिसिआर परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी मध्ये बाँकेका मात्र ७७ जना छन् । यो सँगै बाँकेमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३८४ पुगेको छ । यस्तै नेपालगन्ज नाकामा ३१५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
भेरी अस्पताल ल्याबमा १०१, कोहलपुर मेडिकल कलेजमा ५३ र बागेश्वरी ल्याबमा १३ नमुना परीक्षण गरिएको थियो । कोरोना फोकल पर्सन वलीका अनुसार भेरी अस्पतालको पिसिआर ल्याबमा ७० जना, मेडिकल कलेज कोहलपुर ल्याबमा ३२ जना र बागेश्वरी ल्याबमा ६ जनामा कोरोना पुष्टि भएको छ ।
अस्पताल र आइसोलेसनहरूमा अहिले २३ जना भर्ना छन् । यी मध्ये २० जना मध्यम, २ जना भेन्टिलेटरमा र १ जना सिकिस्त छन् ।








प्रतिक्रिया राख्नुहोस्