नेपालगन्ज नाकामा थप २७ जनामा कोरोना पुष्टि
नेपालगन्ज, माघ ४ । बाँकेको नेपालगन्जस्थित जमुनाहा नाकामा थप २७ जनामा कोरोना पुष्टि भएको छ ।
भारतबाट नेपाल भित्रिएका २५ जना पुरुष र २ जना महिलामा कोरोना पुष्टि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । २९० जनाको कोरोना परीक्षण गर्दा २७ जनामा कोरोना पुष्टि भएको हो ।
भारतमा कोरोना तीव्र गतिमा फैलिएपछि नेपालगन्ज नाकाबाट दिनहुँ एक हजारको हाराहारीमा नेपालीहरू नेपाल फर्कने गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्