तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस चौतारी अछामको अध्यक्षमा टेकबहादुर थापा

अछाम । प्रेस चौतारी नेपाल जिल्ला समिति अछामको पाँचौँ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

अछाम सदरमुकाम मङ्गलसेनमा सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले यसअघि सचिव रहनुभएका टेकबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

जिल्ला समिति अछामका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको अधिवेशनको बन्द सत्रले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको निर्वाचन अधिकृत एकिन्द्र कुमार कुँवरले जानकारी दिनुभयो ।

अधिवेशनले उपाध्यक्षमा एकेन्द्र महता , कल्पना बोहरा, सचिवमा विक्रम परियार, सहसचिवमा एकेन्द्र थापा र रेनुका परियार तथा कोषाध्यक्षमा कमल रावललाई सर्वसम्मत चयन गरेको छ ।

जिल्ला समितिको सदस्यमा शङ्कर थापा, रमन भट्ट, हिक्मत नेपाली, डण्डी विश्वकर्मा, नारद टमट्टा, एकेन्द्र बहादुर महता, आनन्द साउँद, निराजन भण्डारी, देविका थापा, ज्याक साउँद, बसन्ती शाही, आकाङ्क्षा सिंह, पवन खत्री र सिद्धराज ढुङ्गाना रहेका छन् ।

अधिवेशनले केन्द्रीय र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । केन्द्रीय अधिवेशन प्रतिनिधिमा निवर्तमान अध्यक्ष  टेकराज भण्डारी, कृष्ण बहादुर बुढा,  भानु ढकाल, विद्युत्मा रैका र सीता ठकुल्ला चयन हुनुभएको छ ।

यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा चन्द्र थापा, पवन खत्री, सिद्वराज ढुङ्गाना, जगत जैगडी, कल्पना बोहरा, देविका थापा र ईसरा कुमारी भण्डारी थापा रहेका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्न पत्रकारले महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो ।

यस्तै, एमाले जिल्ला अध्यक्ष चन्द्र बोहराले हरेक विकृति र विसङ्गति विरुद्ध सञ्चारकर्मीले सशक्त आवाज उठाउनुपर्ने बताउनुभयो । पत्रकारका समस्या समाधान तथा आवश्यक सहयोगका लागि आफू सधैँ अग्रसर हुने उहाँको भनाइ छ ।

कार्यक्रममा प्रेस चौतारी नेपालका सचिवालय सदस्य एकिन्द्र कुमार कुँवर, एमाले जिल्ला सचिव भीम बहादुर रावल, पुष्पराज भट्ट, नरेशकुमार शाही, प्रेस चौतारी प्रदेश कमिटी अध्यक्ष कृष्ण ओली, केन्द्रीय सदस्य शिवराज ढुङ्गाना, धनराज साउँद, अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष डिवि साउँद लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button