विपन्न नागरिकलाई न्यानो कपडा वितरण
सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
हरिवन वडा नं. ११ स्थित आमर्ट नेपाल हरिवनले विगत २५ वर्ष देखिको कार्यलाई निरन्तरता दिँदै बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा हरिवनका विपन्न नागरिकलाई न्यानो लुगा दिनुको साथसाथै मिष्ठान भोजन पनि गराएको छ ।

अमार्ट नेपालका पूर्व अध्यक्ष गणेश साहको अध्यक्षता तथा जिल्ला समन्वय समिति अध्यक्ष मेथुर चौधरीको प्रमुख आतिथ्यतामा शनिवार गरिएको कार्यक्रममा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न नागरिक गरी २ सय जनालाई ब्ल्यांकेट, ८० जना महिलालाई साडी र १ सय बालबालिकालाई न्यानो कपडा वितरण गरिएको अमार्ट नेपालका सचिव रामपृत साहले जानकारी दिनुभयो ।
विगत २५ वर्षदेखि माघे सङ्क्रान्तिका दिन आमर्ट नेपालले चन्दा सङ्कलन गरेर बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न नागरिकलाई न्यानो कपडा तथा मिष्ठान भोजन गराउने गरेको र सोही अनुरूप हरिवन, लालबन्दी, नवलपुर र नयाँ रोडका व्यपारीहरुको आर्थिक तथा जिन्सी सहयोगमा आज न्यानो कपडा वितरण गर्नुको साथसाथै मिष्ठान भोजन गराएको अमार्ट नेपालका उपाध्यक्ष बैजु साहले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्