तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा एकै दिन ८६ जनामा कोरोना संक्रमण

कञ्चनपुर । कञ्चनपुरमा एकै दिन ८६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

९१२ जनाको नमूना ऐन्टिजेन र २० नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ८६ जनामा संक्रमण फेला परेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

जसमध्ये भारतबाट भित्रिएकाहरू मात्रै ७१ जना रहेको कार्यालयले जनाएको छ । भारतमा सङ्क्रमितको सङ्ख्या बढेपछि सीमा नाका गड्डाचौकीमा कोरोना परीक्षण गर्दा ७१ जनामा कोरोना भेटिएको हो ।

योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ३० पुगेको छ । हालसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २ सय ५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button