कोल्हबीमा निःशुल्क आँखा शिविर सम्पन्न
बारा । बाराको कोल्हवीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
कोल्हबी नगरपालिकाको वडा नं.१० मा भएको शिविरमा २ सय ४१ जनाले आँखाको चेक जाँच गराएका छन् ।
कोल्हबी नगरपालिकाको आयोजनामा भएको शिविरको उद्घाटन कोहल्बी नगरपालिकाका नगरप्रमुख भरत भण्डारीले गर्नुभएको थियो ।

शिविरमा गरिएको परीक्षणमध्ये १ सय २३ जनामा मोतीबिन्दु फेला परेको वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेशसिंह धामीले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय कोल्हबी, वीरगञ्ज युनाईटेड फुटबल क्लब र वीरगञ्ज सामुदायिक आँखा अस्पतालसँगको सहकार्य शिविर सम्पन्न भएको थियो ।
शिविरमा मोतीबिन्दु फेला परेकाहरूको वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा मङ्गलवार र बुधवार वरिष्ठ नेत्र सर्जन डा. अमृत आचार्य नेतृत्वको टोलीले निःशुल्क शल्यक्रिया गर्ने संयोजक धामीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्