तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अछामको नेतृत्वका लागि मतदान शुरु, बोहरा र शाह चुनावी मैदानमा

अछाम । नेकपा एमाले अछामको नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया शुरु भएको छ । एमाले अछामको नयाँ नेतृत्वका लागि दुई समूह प्यानल नै बनाई चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षका लागि चन्द्र बोहरा र प्रकाश शाह चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । उनीहरूले प्यानल नै बनाई चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

उपाध्यक्षमा भीम बहादुर विष्ट र बल बहादुर कुँवर, सचिवमा आदर्श साउँद र भीम बहादुर रावल(कालोटोपी) प्रतिस्पर्धामा छन् । उपाध्यक्ष र सचिव एक/एक पद आवश्यक हो ।

सहसचिव २ जनाका लागि ७ जनाको उम्मेदवारी परेको छ । सहसचिवका लागि टोप बहादुर शाही, डम्बर बिसी, लिलाराज केसी, प्रेम बहादुर खत्री, प्रेम महर र नवराज साउँदले प्रतिस्पर्धा गरिरहेका छन् ।

बिहानबाट मतदान प्रक्रिया सुरु भएको र सकेसम्म आजै मतदान सक्ने प्रयास रहेको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद ढुङ्गानाले बताउनुभयो । जिल्लामा ७ सय ६४ जना जिल्ला अधिवेशन प्रतिनिधि रहेका छन् । खुला सदस्य, महिला, भूगोल, समावेशी सदस्यमा समेत प्रतिस्पर्धा भइरहेको छ । 

पुस २३ गतेबाट शुरु भएको अधिवेशनमा सहमतिको प्रयास गर्दा सहमति नजुटेपछि अन्ततः चुनावी प्रक्रिया शुरु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button