नेपालगञ्ज नाकाको हेल्थ डेस्कमा कार्यरत चार जनालाई कोरोना

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज नाकास्थित हेल्थ डेस्कमा कार्यरत तीन जना स्वास्थ्यकर्मीसहित चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
ल्याब टेक्निसियन, सिनियर अहेब, अहेब र कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
नेपालगञ्ज नाकास्थित हेल्थ डेस्कमा १५ जना स्वास्थ्यकर्मी खटिएका छन् । भारतबाट आउने नेपालीहरूको कोरोना परीक्षण गर्न खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि जनशक्ति अभाव हुने अवस्था आएको वलीले बताउनुभयो ।
यसैबीच हिजो पनि भारतबाट आउने ३७ जना नेपालीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ । हिजोआज दिनहुँ ठूलो सङ्ख्यामा संक्रमित देखिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्