तपाईँ सुन्दै हुनुहुन्छः

सङ्कटका बेला बढी नाफामुखी हुने प्रवृत्ति त्याग्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सङ्कटका बेला बढी नाफामुखी हुने प्रवृत्ति त्याग्न बैक तथा वित्तीय संस्थाहरूलाई आग्रह गर्नुभएको छ ।

सोमबार राजधानीमा बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री शर्माले सङ्कटका बेला बढी नाफामुखी हुन नहुनेमा जोड दिनुभएको हो ।

file photo

बैङ्क तथा वित्तीय संस्थाहरूले गरेको माग बमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने उल्लेख गर्नुहुँदै मन्त्री शर्माले बैङ्कहरूले पनि सङ्कटका बेला बढी नाफामुखी हुन नहुने बताउनुभयो । ‘सङ्कटका बेला उद्योग, जनता र बैङ्कलाई समेत बचाउनुपर्छ भन्ने सबैको भावना हुनुपर्‍यो’ मन्त्री शर्माले भन्नुभयो ।

मन्त्री शर्माले कोरिया, जापान, इजरायल लगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिटेन्स आउने गरेको सूचना प्राप्त भएको भन्नुहुँदै ती मुलुकमा शाखा खोल्न बैङ्कहरूलाई आग्रह गर्नुभयो ।

मन्त्री शर्माले बैङ्किङ क्षेत्र तथा उद्योग क्षेत्र एकै व्यक्तिले सञ्चालन गर्दा गोलमटोल भएको भन्नुहुँदै विशिष्टीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय देखिएको तरलताको चाप माघभित्र समाधान गर्ने गरी काम अघि बढाइएको मन्त्री शर्माले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button