एमाले भोजपुरमा शरणकुमार राई
भोजपुर । नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरको सर्वसम्मत नेतृत्व चयन भएको छ ।
एमालेले शरणकुमार राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा मक्कर खड्का, सचिवमा किरण राई,उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराँती सर्वसम्मत चयन भएका छन् ।
एमालेको आठौँ जिल्ला अधिवेशनबाट पाँच पदाधिकारीसहित ९० सदस्य जिल्ला कमिटी चयन भएको हो । जिल्ला अध्यक्षमा शरणकुमार राई र मक्कर खड्काको दाबेदारी रहेको थियो ।
दुई जनाबीच सहमति गराउन शुक्रवारबाट सुरु भएको अधिवेशन आइतबारसम्म लम्बिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्