तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओली सङ्खुवासभामा

खाँदबारी । नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन र पार्टी प्रवेश कार्यक्रमका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली सङ्खुवासभा आइपुग्नुभएको छ ।

पूर्व प्रधानमन्त्री ओली आज हेलिकप्टरबाट सङ्खुवासभाको सदरमुकाम खाँदबारी आइपुग्नुभएको हो । उहाँका साथमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरू हुनुहुन्छ । 

उहाँहरूलाई  एमालेका स्थायी कमिटीका सदस्य एवं सांसद राजेन्द्र गौतम, एमालेका प्रदेश नं १ का अध्यक्ष तुल्सीप्रसाद नेउपाने, सङ्खुवासभा जिल्लाध्यक्ष जीतबहादुर घिमिरेलगायतले स्वागत गर्नुभयो ।

May be an image of one or more people, people standing, people walking, sky, crowd and road

खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा उद्घाटन हुने अधिवेशनको बन्द सत्र खाँदबारी–३ कृषि बजारमा हुनेछ । उद्घाटनका अवसरमा दुई वडाध्यक्षसहित विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्ने कार्यक्रम छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button