तपाईँ सुन्दै हुनुहुन्छः

बेलहिया हेल्थ डेस्कका ४ जना कोभिड सङ्क्रमित

भैरहवा। रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया सीमा नाकामा हेल्थ डेस्कमा कार्यरत स्वास्थ्य कर्मीहरूलाई ४ जनालाई एन्टीजन परिक्षण गर्दा पोजेटिभ लक्षण देखिएको छ ।

हेल्प डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरू माघ २४ गते जङ्ग भण्डारी, २५ गते दिया शर्मा, २६ गते गणेश प्रसाद शाह र रेडक्रसकी रुक्मिणी चौधरीलाई एन्टीजेन परिक्षण गर्दा पोजिटेभि लक्षण देखिएको बेलहिया हेल्थ डेस्कका डाक्टर अरुण खरेलले जानकारी दिनुभयो ।

बेलहिया हेल्थ डेस्कमा कार्यरत १२ जना कर्मचारीहरू मध्ये ८ जना स्वास्थ्यकर्मी छन् जसमध्ये ४ जना सङ्क्रमित भएका छन् । बेलहियामा बिहान सम्म १ सय १० जनाको परिक्षण गर्दा १३ जना कोभिड पोजेटिभ देखिएको बेलहिया हेल्थ डेस्कले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button