एमाले झापा अधिवेशन: अध्यक्षमा कार्कीसहित पदाधिकारी सर्वसम्मत
झापा । नेकपा एमाले झापाको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा दिपक कार्कीसहित सबै पदाधिकारी सर्वसम्मत चुनिएका छन् ।
शनिबार भएको बन्द सत्रबाट मनोनयन दर्ता गराएका दिपक कार्कीसहितका सबै पदाधिकारी र केही सदस्य सर्वसम्मत चुनिएका हुन् ।
अध्यक्षमा दिपक कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल, दुई उपसचिवमा असारु राजवंशी र चन्द्रा श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
उपाध्यक्षमा गोपाल बुढाथोकीले उम्मेदवारी दर्ता गराए पनि फिर्ता लिनुभएको थियो । उपसचिवमा रेणुका डाँगीको चर्चा भए पनि उहाँ मापदण्डमा नपरेका कारण उम्मेदवार बन्न पाउनु भएन ।
यस्तै, पत्रकारका तर्फबाट जिल्ला सदस्यमा मोहन काजी न्यौपाने सर्वसम्मत भइसक्नुभएको छ । पत्रकार कोटामा प्रेस चौतारी झापाले सहमतिबाट काजीलाई अघि बढाएको थियो । भूमिहीन सङ्गठनबाट जिल्ला सदस्यमा टिकाराम मंग्राती सर्वसम्मत चुनिनुभएको छ ।
जिल्ला सदस्यमा कोटाभन्दा बढीले उम्मेदवारी दिए पनि सबै सदस्य सर्वसम्मत गराउने प्रयास भइरहेको नेपाले एकाले झापाको सचिवालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्