सहकारीको ब्याजदर बढाउने होइन घटाउनु पर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्रेष्ठले सहकारीमा ब्याजदर बढाउने नभई यसको स्थापनाको मर्म भावना र उद्देश्यअनुसार घटाउनु पर्नेमा जोड दिनुभयो ।
मन्त्री श्रेष्ठले भन्नुभयो “सन्दर्भ ब्याजदरको कुरा गर्दा बैङ्कमा ब्याजदर बढ्दा सहकारीमा पनि बढ्ने र तर घट्दा नघट्ने प्रवृत्ति नेपालमा छ, त्यस कारण सहकारीको ब्याजदर बढाउने होइन, देखिएका अप्ठ्याराहरू अर्को कुनै तरिकाबाट फुकाउनु पर्छ र सहकारी जसका लागि हो उनीहरूका लागि ब्याजदर बढाउने नभई घटाउनु पर्छ”
सहकारीको मूल मर्म अनुसार जाने हो भने ब्याजदर घटाउनु पर्ने उहाँको भनाइ छ । सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यही अनुसार चल्ने भएकाले सोही अनुसार मन्त्रालयले भिजन पेपर तयार पारिरहेको र केही दिन भित्रै उक्त भिजन पेपर सार्वजनिक गर्ने समेत मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठले संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्त्वपूर्ण हुने भन्दै सहकारीहरूलाई सदस्य केन्द्रित भई व्यावसायिक बनाउनु पर्नेमा दुई मत नरहेको पनि बताउनुभयो ।
मन्त्री श्रेष्ठले सहकारीले सदस्यमाथि लगानी गर्ने भन्दा पनि बचत तथा ऋणको कारोबारमा बढी केन्द्रित हुने गरेको र सहकारीको सिद्धान्त अनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकी सहकारी प्रति बचतकर्ताको विश्वासमा कमी आएको भन्दै जनताको भरोसा नटुट्ने गरी काम गर्न आग्रह समेत गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्