निमित्त वन निर्देशकविरुद्ध ७ करोड बराबरको भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालय, धनगढी, कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध करिब ७ करोड बराबरीको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
२०५५ सालमा सहायक वन अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका निमित्त वन निर्देशक विष्टले २०७७ सम्म पदको दुरुपयोग गरी ६ करोड ८७ लाख ५७ हजारभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले सोही रकम बराबरको बिगो कायम गरी उनीविरुद्द आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
विष्टले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा उपभोक्ता समूहका साधारण सदस्यहरु र पदाधिकारीहरूले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रम अन्तर्गत रुख कटान गर्ने कार्यमा संलग्न रही भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ ।








प्रतिक्रिया राख्नुहोस्