तपाईँ सुन्दै हुनुहुन्छः

८ किलो गाँजासहित एकै परिवारका चार जना पक्राउ

महोत्तरी । महोत्तरीको गौशालाबाट ८ किलो गाँजासहित एकै परिवारका चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौशाला नगरपालिका–४ रजखोर बस्ने करिब ७० वर्षीय रामचन्द्र साह, उनका करिब ५० वर्षीय छोरा उपेन्द्र साह, करिब २१ वर्षीय नाति रोहित साह र १९ वर्षीय नाति विवेक साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

लागु औषध गाँजाको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा मङ्गलवार साँझ इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालको टोलीले उनीहरूको घर खानतलासी गर्दा ८ केजी गाँजा बरामद भएको प्रहरी नायव उपरीक्षक विष्टले बताउनुभयो ।

उहाँका अनुसार प्रहरीले खानतलासी गर्दा रामचन्द्रको घरबाट बिक्रीको लागी पुरिया बनाई राखेको तयारी गाँजा ३ केजी, डिजिटल तराजु एक थान र गाँजा बिक्री गरेको जम्मा नगद १ हजार १ सय रुपैयाँ बरामद गरी रामचन्द्र र उनका २१ वर्षीय नाति रोहितलाई पक्राउ गरेको हो ।

यस्तै रामचन्द्रको छोरा उपेन्द्र साहको घरबाट बिक्रीको लागी पुरिया बनाई राखेको तयारी गाँजा ५ केजी, डिजिटल तराजु एक थान र गाँजा बिक्री गरेको नगद ६ हजार ५ सय रुपैयाँ बरामद गरी उपेन्द्र र उनका १९ वर्षीय छोरा विवेक साहलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक विष्टले बताउनुभयो ।

पक्राउ परेकाहरूलाई लागु औषध मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button