जाडोलाई मध्य नजर गर्दै कम्बल वितरण
वीरगञ्ज । सामुदायिक सेवा केन्द्र वडा नं. २ छपकैयाले कम्बल वितरण गरेको छ । तराई क्षेत्रमा चलिरहेको शीत लहरको कारण बढ्दै गएको जाडोलाई मध्य नजर गर्दै ३५० थान न्यानो कम्बल वितरण गरिएको हो ।

“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा वी.म.न.पा.वडा नं.१६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको सामुदायिक सेवा केन्द्र छपकैया–२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराइले जानकारी दिनुभयो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतको स्वागत गर्नुको साथै ज्येष्ठ नागरिकहरूलाई दो–सल्ला ओढाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा श्रीचन्डि प्रसाद गणका गणपति प्रमुख सेनानी मनोज कार्की, सशस्त्र प्रहरी बल १३ नं. हेड–क्वाटर पर्साका प्रमुख स.प्र.उ. राजेन्द्र खड्का, युवा समाज सेवी महेबुब अली, डा.समीर अहमद लगायत स्थानीयको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्