तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस चौतारी झापाको अध्यक्षमा मनकुमार

झापा। प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा मनकुमार गदाल चयन हुनुभएको छ । सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा प्रदीप परियार, महिला उपाध्यक्षमा गङ्गा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा तिलक योञ्जन, अच्युत सुवेदी, कोषाध्यक्षमा सरोज चौलागाईँ चयन हुनुभएको हो ।

तीनवर्षे कार्यकालका लागि २५ सदस्यीय समिति चयन भएको निर्वाचन समितिका संयोजक गणेश पोखरेलले बताउनुभयो । समितिको सदस्यमा खगेन्द्र घिमिरे, युवराज आचार्य, पुस्कर गुरागाईँ, भूमिराज पराजुली, राजु पोखरेल, मीना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जीवन चुँडाल, लक्ष्मीप्रसाद अधिकारी, रुपा बुढाथोकी, रविता राउत, नन्दलाल खतिवडालगायत छन् ।

गौरादहस्थित नमूना घरबास आयोजनाको प्राङ्गणमा भएको अधिवेशनको उद्घाटन नेकपा (एमाले)का उपमहासचिव तथा प्रेस चौतारीका इन्चार्ज पृथ्वीगुरुङ सुब्बाले गर्नुभएको थियो । उहाँले तथ्य र सत्यमा आधारित रहेर मात्र समाचार लेख्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले नागरिक हक स्थापना, विकास र समृद्धिका पक्षसमेत कलम चलाउन आग्रह गर्दै मिसन पत्रकारिताभन्दा व्यावसायिक पत्रकारिता गर्न पत्रकारलाई प्रेरित गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button