तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ गम्भीर घाइते

बीरगंज । अङ्ग्रेजी नयाँ बर्ष मनाएर ठोरीबाट पोखरिया फर्कने क्रममा आज अपराह्न ४ बजे ठोरीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक ब्रह्मदेव साहले दिनुभएको जानकारी अनुसार दुर्घटनामा पर्सा जिल्ला पोखरिया नगरपालिका वडा नम्बर २ निवासी ज्ञानबहादुर पटेलका १८ वर्षीय छोरा सन्तोष पटेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते ३ जनाको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको ना ६३ प ७४२६ नम्बर को हिरो होण्डा मोटरसाइकल र बा २७ प १६४ नम्बरको प्लाटिना मोटरसाइकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक साहले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button