तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जको लुम्बिनी गार्मेन्टमा भीषण आगलागी, करोडौँको क्षति

नेपालगन्ज  । बाँकेको नेपालगञ्जस्थित लुम्बिनी गार्मेन्ट उद्योगमा भीषण आगलागी हुँदा करोडौँको क्षति भएको छ । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलमा रहेको लुम्बिनी गार्मेन्ट उद्योगमा आज बिहान ३ बजे भीषण आगलागी हुँदा गार्मेन्टमा रहेका सबै जलेर नष्ट भएको बाँके प्रहरीले जनाएको छ ।

कालिमिया भनिने कस्मिरा खातुनले सञ्चालन गर्दै आएको उक्त गार्मेन्टमा रहेका लत्ताकपडा, सिलाइ मेसिन लगायत सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आज बिहान ३ः०० बजेबाट सुरु भएको आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा ३ बजेर ४५  मिनेटमा नियन्त्रणमा आएको बाँके प्रहरीले जानकारी दिएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

आगलागीमा गार्मेन्टमा रहेका सबै लत्ताकपडा लगायत सबै सामग्री जलेर नष्ट भएका कारण करोडौँको क्षति भए पनि यकिन विवरण नआइसकेको प्रहरीले जनाएको छ । 

सञ्चालक खातुनले भने चार करोड बढीको क्षति भएको बताउनुभएको छ । उक्त गार्मेन्टमा केही वर्षअघि पनि आगलागी भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button