तपाईँ सुन्दै हुनुहुन्छः

झापामा मोटरसाइकल दुर्घटना : तीनजनाको घटनास्थलमै मृत्यु

भद्रपुर, झापा । झापामा मोटरसाइकल दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।

दमक नगरपालिका –२ स्थित भाङवारीमा गएराति प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किँदा भएको दुर्घटनामा चितवनको राप्ती–४ निवासी १९ वर्षीय किसन सेन्चुरी, ताप्लेजुङको भुइखोला–३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी–४ निवासी २३ वर्षीय अनिल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

एउटै मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो । उनीहरू सुनचाँदी पसलमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button