तपाईँ सुन्दै हुनुहुन्छः

श्रमिक महिलाका समस्या सम्बोधन गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक महिलाका समस्या सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । 

आज संयुक्त ट्रेड युनियन समन्वय केन्द्रअन्तर्गत महिला समितिका प्रतिनिधिहरूको ज्ञापन पत्र बुझ्नुहुँदै मन्त्री श्रेष्ठले श्रमिक महिलाको हक सुनिश्चित गरी उहाँहरूका संवेदनशील सवाललाई अविलम्ब सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मन्त्री श्रेष्ठले हरेक व्यक्तिले विना भेदभाव समान कार्यका लागि समान पारिश्रमिक पाउने संवैधानिक अधिकार रहेको बताउनुहुँदै श्रम गर्न पाउनु र श्रमको उचित मूल्य दाबी गर्नु मानवअधिकारको विषय भएको  बताउनुभयो । 

समितिका प्रतिनिधिहरूले औपचारिक, अनौपचारिक तथा सार्वजनिक क्षेत्रमा कार्यरत महिलाहरू शारीरिक तथा मानसिक हिंसाका कारण रोजगारीको हक तथा मर्यादित जीवनयापनको अधिकारबाट वञ्चित भएको बताउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button