तपाईँ सुन्दै हुनुहुन्छः

अर्काको नाममा लाइसेन्सको ट्रायल दिने एकजना पक्राउ

भद्रपुर, झापा । झापामा अर्काको नाममा सवारी लाइसेन्सको ट्रायल दिने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–९ निवासी ३७ वर्षीय हरि श्रेष्ठ भनिने हरिबहादुर प्रधान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहीबार बिहान बिर्तामोडस्थित कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टरमा २१ वर्षीय भाइ सुजितबहादुर श्रेष्ठको नाममा उनी ट्रायल दिन गएका थिए । उनलाई ट्रायल परीक्षा दिँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button