तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : २ वटा अध्यादेश बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले २ वटा अध्यादेश बहुमतले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । 

यसअघि सांसद प्रेम सुवालले दुई छुट्टा छुट्टै अध्यादेशलाई अस्वीकार गरियोस् भनी  राख्नुभएको प्रस्तावलाई बहुमतले अस्वीकार गरेको थियो । 

प्रतिनिधिसभाको अर्को बैठक भोलि १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button