तपाईँ सुन्दै हुनुहुन्छः

देशलाई हित हुने व्यवहार शैली अपनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश, जनता र पार्टीलाई हित हुने व्यवहार शैली अपनाउन पार्टीका नेताहरूलाई आग्रह गर्नुभएको छ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज भएको एमालेका मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराउने कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले  विचार र व्यवहारबाट सिङ्गो देशलाई फाइदा हुने काम गर्नुपर्ने बताउनुभयो । 

अध्यक्ष ओलीले अहिले पनि नेपालमा अस्थिरता निम्त्याउन धेरै प्रयत्नहरू भइरहेको भन्दै सचेत हुनुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष ओलीले जनतालाई सचेत गराउँदै सङ्गठित गर्ने कामबाट पार्टीलाई अगाडि बढाउन आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button