तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणबाट दुई महिलाको मृत्यु

चितवन । पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा चितवन र नवलपुरका दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । 

स्वास्थ्य कार्यालय चितवनका अनुसार आज बिहीबार एकै दिन उपचारका क्रममा दुई सङ्क्रमितको मृत्यु भएको हो । कार्यालयकी फोकल पर्सन गीताञ्जली ढकालले उपचारको क्रममा ती दुई महिलाको भरतपुर अस्पतालमा मृत्यु भएका जानकारी दिनुभयो  । 

ती मध्ये एक जना चितवन खैरहनी नगरपालिकाकी ४९ वर्षीया र कावासोतीकी ४२ वर्षीया  महिला हुन् । कावासोती की ती महिला मध्यविन्दु अस्पतालमा उपचार गरी २१ गते भरतपुर अस्पताल आएकी थिइन् भने  खैरहनीकी महिला मङ्सिर १५ गते भरतपुर अस्पताल आएकी भर्ना भएको र उनको १६ गते कोरोना पोजेटिभ देखिएको थियो । 

योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चितवनमा ४३४ पुगेको छ । त्यस्तै आज कोरोनाबाट १६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ४ जना सङ्क्रमित थपिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button