बाजुरा मार्तडीमा भएको जिप दुर्घटनाका घाइते दानीको मृत्यु

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीको कारागार नजिकैको डिलबाट आइतबार बिहान जिप दुर्घटनामा परेका सहचालकको मृत्यु भएको छ ।
जिप दुर्घटनामा परि मृत्यु हुनेमा बडीमालिका नगरपालिका वडा।नं १ का २४ वर्षीय भीम बहादुर दानी रहेका छन् । सदरमुकाम मार्तडीबाट बडिमालिका नगरपालिका वडा नम्बर–६ जडाङ्गा तर्फ जाँदै गरेको से १ ज ९६० नम्बरको जिप आइतबार बिहान साढे पाँच बजे दुर्घटनामा परेको थियो ।
जिपमा सवार सहचालकको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो । उनको जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि जिल्ला बाहिर थप उपचारका लागि लैजाँदै गर्दा डोटीको पुर्विचौकी गाउँपालिकाको सानागाउँ नजिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिप सडकदेखि करिब १सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिप चालक त्रिवेणी ८ का वसन्त नाथलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्