अर्घाखाँचीको जिल्ला सभापति पदमा केशव श्रेष्ठ विजयी

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला सभापति पदमा केशव श्रेष्ठ विजयी हुनुभएको छ । नेपाली काँग्रेसको सम्पन्न १४ औँ महाधिवेशनको निर्वाचनबाट अर्घाखाँचीमा सभापति पदमा केशव श्रेष्ठ विजयी हुनुभएको छ ।
सभापति पदमा विजयी हुनुभएका श्रेष्ठको ७३१ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी इन्द्रमणि पौडेल ३५२ मत साथै यादव प्रसाद घिमिरे ३०९ मत प्राप्त गर्नुभएको छ । २७ मत बदर भएको छ ।
मङ्गलवार राती ९ बजे शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचनमा १४३८ मध्ये १४२१ मत खसेको थियो ।
निवर्तमान सभापति समेत रहनुभएका सभापतिका दाबेदार विष्णुप्रसाद खनाल (मुस्कान)ले उम्मेदवारी फिर्ता गरी केन्द्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गरेपछि महासमिति सदस्य केशव श्रेष्ठ, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरे र महाधिवेशन प्रतिनिधि ईन्द्रमणी पौडेलले सभापतिको पदमा भिड्नुभएको थियो ।
अन्य पदाधिकारी, सदस्य तथा महाधिवेशन प्रतिनिधिको मतगणना चलिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्