तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष कप टी ट्वान्टी क्रिकेटमा कालिका माई ३७ रनले विजयी

पर्सा । पर्साको धोबिनीमा गाउँपालिकामा सञ्चालित अध्यक्ष कप टी ट्वान्टी क्रिकेट अन्तर्गत कालिका माई तथा छिपहर माईबिच मङ्गलवार भएको खेलमा कालिका माई ३७ रनले विजयी भएको छ । 

कालिका माईले २० ओभरको समाप्तिमा १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको छिपहरमाई २० ओभरमा केवल १४५ रनमा सीमित भयो । 

खेलको विजेता तथा उप विजेतालाई एक कार्यक्रमबिच चेक तथा सिल्ड प्रदान गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि धोबिनी गाउँपालिकाका प्रशासकीय अधिकृत राजु साहले विजेता कालिका माईलाई रु ३० हजार र सिल्ड तथा उप–विजेता छिपहर माईलाई  रु २० हजार र सिल्ड प्रदान गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button