तपाईँ सुन्दै हुनुहुन्छः

बस दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत

रोल्पा । दाङको घोराहीबाट रोल्पाको थवाङ जाँदै गरेको बस हिजो बिहीबार साँझ दुर्घटनामा मृत्यु भएका चार जनाको सनाखत भएको छ । 

मृत्यु हुनेमा ३ जना पुरुष र १ जना महिला रहेका छन् । मृत्यु हुनेहरूमा बस चालक परिवर्तन गाउँपालिका वडा नम्बर ४ का ४० वर्षीय बिरमान बुढामगर, वडा नम्बर ६ का ५० वर्षीय कुमार पुन, वडा नम्बर १ का २९ वर्षीय दिपक रोका गरी ३ जना पुरुष र त्रिवेणी गाउँपालिका वडा नम्बर ४ घर भएकी १८ बर्षीया पुष्पा घर्तिमगर रहेको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

त्यसै गरी दुर्घटनामा परी  १९ जना घाइते भएका छन् । घाइतेहरू ५ जनालाई भैरहवा पठाइएको छ भने ११ जनाको रोल्पा अस्पताल रेउघामा र ३ जनाको घर्तिगाउ स्वास्थ्य चौकीमा उपचार भइरहेको रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका वडा नम्बर ४ तार्केवाङमा दुर्घटना हुँदा शहीदमार्ग सडकबाट करिब १ सय मिटर तल माडीखोलामा खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button