तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस सेन्टर पाल्पाको अध्यक्षमा कृष्ण दर्नाल

पाल्पा । प्रेस सेन्टर पाल्पाको अध्यक्षमा कृष्ण दर्नाल निर्वाचित हुनुभएको छ । 

बुधवार भएको अधिवेशनले दर्नालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षमा सीता गाहा, नवराज ज्ञवाली, सचिवमा अमृत अधिकारी, सहसचिवमा अमृत काम्मु, डोलराज विक, कोषाध्यक्षमा कमल अधिकारी रहनुभएको छ । 

सदस्यहरूमा ध्रुव खनाल, सुमन गाहा, विकास काफ्ले, प्रवेश पन्थी, सङ्गीता आचार्य, नीरज सुनारी, रामराज ज्ञवाली, सुजन महतरा, विष्णु पोखरेल, विश्वराज भट्टराई, कमल गैरे, जुना आचार्य, रिजन राना र मिना कुमाल रहनुभएको प्रेस सेन्टर पाल्पाले जनाएको छ ।

प्रेस सेन्टर नेपाल पाल्पाको चौथो जिल्ला सम्मेलन उद्घाटन गर्दै प्रमुख अतिथि तथा  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य वसन्त घर्ती मगरले घर्तीले लोकतन्त्र, गणतन्त्र, जनयुद्ध र सङ्घीयता स्थापनामा पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले पत्रकार राज्यको चौथो अङ्ग रहेकोले परिवर्तन र जनताको समस्याको विषयमा पत्रकारले खबरदारी गर्न सक्नुपर्ने बताउनुभयो । 

माओवादी पाल्पाका संयोजक नेत्र प्रसाद पाण्डेयले पाल्पाको पत्रकारिताको विकास, श्रमजीवी वर्गको उत्थान र सेवामा प्रेस सेन्टरले काम गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button