तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरमा अपाङ्गता भएका नागरिकलाई घरदैलोमै गएर खोप लगाइँदै

कैलाली । कैलालीको टीकापुरमा अपाङ्ग भएका नागरिकलाई घर दैलोमै पुगेर खोप प्रदान गरिँदै छ । 

कर्डएड, लुथरन विश्व फेडरेसन नेपाल, दिगो विकास समाज भजनी र अपाङ्गता विकास समाज नेपालको संयुक्त साझेदारी तथा टीकापुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा पूर्ण अशक्त र अति अशक्त नागरिकहरूको लागि घरदैलोमै कोरोनाविरुद्धको खोप लगाउने अभियान थालिएको छ । 

अभियान मार्फत २०० बढीलाई सेवा दिने लक्ष्य रहेको कार्यक्रमका प्राविधिक सहजकर्ता नन्दराज भट्टले जानकारी दिनुभयो । ५ दिनसम्म ९ ओटा वडा रहेको टीकापुरमा  निरन्तर अभियान सञ्चालन हुने उहाँले बताउनुभयो । 

घरदैलोमै गएर खोप लगाउने अभियान २६ गतेबाट सुरुवात गरिएको हो । घरदैलोमै आएर कोरोना विरुद्धको खोप लगाई दिएकोमा आफूलाई निकै खुसी लागेको कैलाली अपाङ्ग सेवासंघका अध्यक्ष गणेश पहराईले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button