आयोगको निर्णयविरुद्ध परेको रिटमा १५ कात्तिकका फैसला आउने
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले १५ कात्तिकमा फैसला सुनाउने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले सो प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउने आयोगको निर्णयविरुद्ध परेको रिटमा फैसला सुनाउने मिति तोकेको हो ।
काठमाडौँको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा नेता नेपाल र भट्टराई प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषद्ले व्यक्तिको नाममा सार्ने गरी निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्ले गरेको सो निर्णय नीतिगत भएको भन्दै अख्तियारले पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने निर्णय गरेको थियो ।
सो निर्णय कानुन विपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्