तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा धन बहादुर ४ दिनदेखि बेपत्ता

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका धन बहादुर रावत ४ दिनदेखि बेपत्ता रहेका छन् । 

यही असोज ४ गते सोमबारका दिन जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा अनन्ते मेला हेर्न गएका ५५ वर्षका रावत बेपत्ता भएका हुन् ।

असोज ४ गते सुतारमा अनन्ते मेला हेर्न गएका रावत सोही राती देखी बेपत्ता रहेको पारिवारिक स्रोतले बताएको छ ।
नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य समेत रहनु भएका रावत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको वडा अध्यक्षको उम्मेदवार रहनु भएको थियो ।

बेपत्ता रहनु भएका रावतको स्थानीय प्रहरी,आफन्तजन लगायतले खोजी कार्य जारी राखेका छन् । खोजी कार्य जारी रहेको तर फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button