तानसेनका महिलाहरूलाई बाख्रा उपहार

पाल्पा । आर्थिक रुपमा कमजोर र तानसेन नगरपालिका भित्रै पछि परेको तानसेन ५ अर्चलेका महिलाहरू नगरपालिकाबाट बाख्रा उपहार पाएपछि खुसी भएका छन् । आर्थिक हिसाबले कमजोर रहेका त्यहाँका महिलाहरू नगरपालिकाबाट व्यावसायिक तालिम सँगै बाख्रा उपहार पाएपछि खुसी भएका हुन् ।
कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत आदर्श स्वावलम्बन महिलाद्वारा उपहार महिला समूहलाई बाख्रा उपहार दिइएको हो । बाख्रा उपहार पाएपछि अर्चलेकी कविता गैरे रावलले बाख्रापालन तथा तालिमले जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली युवाहरू वैदेशिक रोजगारीमा पलायन हुँदा सम्भावना र क्षमता समेत पलायन भएकोले कृषि, पशुपालन तथा अन्य उत्पादन क्षेत्रमा आकर्षित गर्ने काम नगरपालिकाबाट अहिले भएको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले बताउनुभयो । वैदेशिक रोजगारीमा गएकाहरूलाई स्वदेशमा फकाई र बेरोजगार युवालाई उत्पादन क्षेत्रमा लगाउने युवा स्वरोजगार, सहुलियत ब्याजदरमा ऋण प्रदान गरिएको नगरप्रमुख शाहीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्