तपाईँ सुन्दै हुनुहुन्छः

भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न उर्जामन्त्रीको अपिल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घट्ने भएकाले भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न अपिल गर्नुभएको छ । 

आज ललितपुरमा ऊर्जा क्षेत्रमा उत्कृष्ट व्यावसायिक सीप केन्द्रको शुभारम्भ गर्नुहुँदै उहाँले आफ्नै देशमा उत्पादित विद्युत् खपत गरे चुलिएको व्यापार घाटा कम हुने र समृद्धिको लागि पनि विद्युत् उत्पादन र खपतलाई सरकारले केन्द्रमा राखेको बताउनुभयो । 

नेपालका लागि फ्रान्सका राजदूत जिल्लेस बोउडाओले केन्द्रको स्थापनासँगै रोजगारी सिर्जना र सीप विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले डन बोस्को इन्स्टिच्युटले तयार पारेको जनशक्तिले देश विकासमा ठूलो मद्दत पुग्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button